Rule 101
रेडियो, टेलिभिजन वा पत्रिकासँग सम्पर्क राख्न नहुने
: सशस्त्र प्रहरी कर्मचारीले नेपाल सरकारको अनुमति प्राप्त नगरी आफ्नो वास्तविक वा काल्पनिक नामबाट अथवा बेनामी रुपबाट कुनै पनि पत्रपत्रिकामा कुनै लेख प्रकाशित गर्न अथवा रेडिया वा टेलिभिजनद्वारा प्रसारण गर्न हुँदैन ।
तर त्यस्तो प्रकाशन वा प्रसारण साहित्यिक, कलात्मक, ऐतिहासिक अथवा वैज्ञानिक र व्यवसायिक विषयको भएमा यस्तो स्वीकृति लिनु पर्ने छैन ।